मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विरोधले नडराउने सलमान

फिल्मीखबर, काठमाडौं, 2015/07/05

बलिउड अभिनेता सलमान खान स्क्यान्डलमा नपरेको त समय नै हुँदैन । कुनै न कुनै कुराले उनी बर्षभरि नै स्क्यान्डलमा पर्ने गरेका छन् । अहिले पनि सलमानको नयाँ फिल्म बजरंगी भाइजान यस्तै एउटा समस्यामा फसिरकेको छ । तर, यसले सलमानलाई कुनै असर परेको छैन ।



सलमानको फिल्मले हिन्दु धर्ममा ठेस पु¥याएको भन्दै विश्व हिन्दु परिषदले आरोप लगाइरहेको छ । उसले यो फिल्मको प्रदर्शन रोक्न पनि माग गरेको छ । तर, यस्ता विरोधले सलमानलाई कुनै असर परेको छैन । उनले आफूलाई यस्तो विरोधले खासै असर नपर्ने बताए । सलमानले आफ्नो फिल्मको नयाँ गीत सार्वजनिक कार्यक्रममा एक धर्म मान्नेले अरु धर्म मान्नेको पनि इज्जत गर्न  जान्नुपर्ने बताए ।



सलमानले भनेका छन् यदि उनीहरु संगठन हुन् भने यो सामान्य कुरा संझन आवश्यक छ । हरेक धर्म मान्नेले अर्को धर्म मान्नेको पनि सम्मान गर्नु जान्नुपर्छ । सलमानका अनुसार हरेक धर्मले मानिसलाई आफ्नो धर्मको अनुसरण गर्न र दोश्रो धर्मको आदर गर्न सिकाउँछ । दक्षिणपन्थी धार्मिक संठन चलचित्रको नाम बदल्न भनिरहेका छन् । तर, यसले हिन्दु धर्म मान्नेहरुको भावनामा ठेस पुग्छ भन्ने पनि जान्नुपर्छ । सलमान खान, करिना कपुर अभिनित यो फिल्म जुलाई १७ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको निर्देशन कविर खानले गरेका हुन् ।