Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हिन्दीलाई मालामाल, नेपालीलाई बेहाल

फिल्मीखबर,, काठमाडौं, 2015/07/05

केही दिन अगाडि फिल्म निर्माता संघ र चलचित्र संघ विच भएको संझौता तोडियो । चलचित्र संघले निर्मातालाई असार र साउनमा दिने भनेको ६० प्रतिशत शेयर दिन नसक्ने भनेपछि संझौता तोडिएको हो । चलचित्र संघले संझौता तोडेपछि निर्माता संघ एकाएक आक्रोशित भएको हो । अहिले, चलचित्र संघकै सदस्यहरु पनि संझौता तोडिएकोमा आक्रोशित छन् ।



चलचित्र संघले गठन गरेको समितीले राजिनामा दिनुको मुख्य कारण अध्यक्ष नकिम उद्दिन देखिएका थिए । संघका सदस्यहरुले नै उद्दिनले आफ्नो हल क्यूएफएक्समा हिन्दी र अंग्रेजी हाउसफुल चलेकाले ६० प्रतिशत शेयर दिन नसक्ने बताएका थिए ।



काठमाण्डौका कुमारी, जय नेपाल र सिभिलमा दर्शकहरुको चाप घटेको छैन । झन्, अन्य हलहरु नखुलेपछि क्यूएफएक्सलाई चिठ्ठा नै परेको छ । तर, संघका सदस्यहरु नै भन्छन् अध्यक्षले आफू खाएर अरुलाई भोकै राखे ।



हिन्दी फिल्म मालामाल भैरहँदा नेपाली फिल्मको भने बेहाल भएको छ । नयाँ फिल्म हलमा नलाग्दा दर्शक निराश भएका छन् । काठमाण्डौ बाहिरका धेरै हल नेपाली फिल्म चलाएरै बाचेका छन् । ती, हलको अवस्थामा अहिले विजोग छ ।



अध्यक्षले धोका दिएपछि चलचित्र संघका असन्तुष्ट सदस्यरु भेला बोलाउने तयारीमा पनि लागेका छन् । अध्यक्षले आफ्नो हल त हाउसफुल छ भन्दै संझौता मान्न तयार नभएपछि असन्तुष्टी बढेको हो । चलचित्र संघको कामले निर्माता संघ पनि चिढिएको छ । उसले पनि अब यस बिषयमा कडा कदम चाल्ने र कुनै न कुनै रुपमा आन्दोलन थाल्ने सोच बनाइरहेको छ । आखिर, यो देशमा हिन्दी फिल्म मालामाल, नेपालीको बेहाल भएर कहिलेसम्म चल्छ र ?

Most Visited News (monthly)