Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

चर्चामा ‘भैरव’

फिल्मीखबर, काठमाडौं, 2015/07/05

एक्शन स्टार निखिल उप्रेतीको डेब्यु निर्देशनमा बनेको फिल्म ‘भैरव’ हाल सर्वत्र चर्चित छ । प्रोमो र गीत सार्वजनिक भएसँगै फिल्मलाई धेरैले आशाका नजरले हेरेका छन् । फिल्म भदौ ११ गतेबाट अल नेपाल रिलिज हुदैछ ।


भैरव सीमा क्षेत्रमा हुने गरेको तस्करी, भ्रष्टाचार, प्रहरीको समर्पण र सरकारको भूमिकाको बिषयमा निर्माण गरिएको पूर्ण मनोरञ्जक फिल्म हो । फिल्ममा निखिल शीर्ष भूमिकामा छन् । सर्लाही र काठमाडौंका बिभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा खतरनाक एक्शन स्टन्टहरु समाबेश गरिएको निर्माण युनीटले जनाएको छ ।



फिल्ममा निखिलका अलावा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् । रतन दारुवाला निर्माता रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्धन्द्ध छ ।

Most Visited News (monthly)