मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

मुण्डनले मख्ख निशा

फिल्मीखबर, काठमाण्डौ, 2015/07/02
अभिनेत्री निशा अधिकारीले आफ्नो मनको चाहना अनुरूप केश मुन्डन गरेकी छिन् । केही दिन अगाडी मात्रै अमेरिका आएकी निशा केश मुण्डन पश्चात बिल्कुलै फरक देखिएकी छिन् ।
 
 
केश मुण्डन गर्दा आफूलाई खुसी मिलेको उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । उनले आफ्नो मनले चाहेको गर्नुपर्छ, त्यसको लागि कुनै कारण चाहिंदैन भन्दै मुण्डनसहित बिरालो बोकेको फोटो राखेर आफ्नो अनौठो रूप सार्वजनिक गरेपछी शुभचिन्तकहरूले मन परेको प्रतिकृया दिएका छन् । 
 
फिल्मबाट सफलता नपाएपनि सगरमाथा चढेर सफलता पाएकी निशा क्रिकेटर शरद भेषवाकरसँगको प्रेमले अझै चर्चामा आईन् । तर, उनै शरदसँग ब्रेकअप भएर अमेरिका हानिएको खबर मिडियामा छरप्रस्ट भए । त्यसकै असर केश मुण्डन त हैन ? फेरी अर्को चर्चाको कारण बनेको छ ।