मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपकको व्यङ्ग्य : `आगो छुनु, आईमाई नछुनु`

फिल्मीखबर, काठमाण्डौ, 2015/07/02
१५ गते धान दिवसको दिनमा एक कार्यक्रममा काठमाडौंको मुलपानी पुगेका कृषि मन्त्री हरि पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचना भयो । आलोचना खेप्न नसकेपछी उनले आफ्नो पदबाट राजीनामा दिएका छन्। 
 
यही बिषयमा अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो फेसबुक पेजमा मन्त्री पराजुलीलाई व्यङग्य गर्दै यस्तो लेखे-
 
आज म लेख्दैछु.......
 
असार १५ धान रोप्ने मुख्य दिन। रोपेको फल्न ४ महिना लाग्नु पर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यसको पर्सी पल्टै फल्यो। 
 
छँदा खाँदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो। एमालेले सही निर्णय पनि लियो। तर, यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना।
 
आगों छुनु , आइमाई नछुनु, भ्रष्टाचार गरेको भए बरू अदालतबाट प्रमाणित हुनुपर्थ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोएको ४८ घन्टामै जागिर चट। कस्तो रहेछ यो? महान आशाराम। क्षणभरमै निराशाराम बन्न पूगे।
 
विल क्लिन्टनमा लेवेन्सकी चन्द्रमामा दाग झै बनिन् बिश्वामित्र त्यही महिला प्रेमबाट साधुबाट आलु भए। त्यसैले नयाँ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउलान् तपाईँलाई।
 
साउन १५ मा मन्त्रीज्यू दाँया बाँया नहेरी खेत गोड्नू
राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोड्नु