Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

बेलायतबाट `वीर बिक्रम`को घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2015/07/02
पहिलो फिल्म 'हँसिया' प्रदर्शन पश्चात एकाएक सफल र आशालाग्दा निर्देशकका रुपमा नेपाली फिल्म ईण्डष्ट्रीमा चिनिएका मिलन चाम्सको दोस्रो प्रोजेक्टको घोषणा गरिएको छ । 
 
 
 
प्री-प्रोडक्सनको ९८ प्रतिशत कार्य सकिएको जानकारी दिंदै मिलनले युकेबाटै नयाँ फिल्मको नाम 'वीर बिक्रम' राख्ने घोषणा गरेका छन् । एक्सन, कमेडी र ड्रामा जनराको फिल्म 'वीर बिक्रम'मा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाहीको साथमा नयाँ अनुहार दिया पुन मुख्य भूमिकामा रहने पक्का भएको छ ।
 
यम थापाको कथा, राम केसीको छायाँकन, तारा प्रकाशको संगीत तथा  रेनशा राईको नृत्यनिर्देशन रहने यो फिल्म चाम्स फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । मिलन स्वयंको लगानी रहने यो फिल्ममा सह-निर्माताको रूपमा अनिला राई, पृथ्बी राज राई र शिब कुमार राई रहनेछन् । 
 
भाद्र १ देखि फ्लोरमा जाने 'बीर बिक्रम'को सुटिङ कथामाण्डौ उपत्यका बाहिर छायाँकन हुने छ ।  
Most Visited News (monthly)