मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाल पुनर्निमाण सद्भावना दूत

फिल्मीखबर, काठमाडौं, 2015/07/01

अभिनेता राजेश हमाल ‘बिल्डिङ ब्याक राइट’ नामक पुनर्निर्माण अभियानका सद्भावना दूत घोषित भएका छन् । बुधबार आयोजित एक कार्यक्रममा हमाललाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रमाणपत्र प्रदान गर्दै सद्भावना दूत भएको घोषणा गरेका हुन् । सद्भावना दूत हमालले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न स्वयंसेवकहरुलाई अभिप्रेरित गर्नेछन् ।  


कार्यक्रममा हमालले अबका संरचनाहरु प्राविधिक र वातावरणीय सन्तुलनलाई ख्याल गरेर निर्माण हुनु पर्ने जिकिर गरे । दूत घोषणापछि हमालले भने, ‘निर्माण क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको हुनसक्छ त्यसैले कस्तो खाले श्रम प्रयोग भइरहेको छ र अधिकार तथा न्याय पक्षलाई ख्याल गरिएको छ कि छैन, त्यसमा पनि ध्यान दिन जरुरी छ ।’

 

‘बिल्डिङ ब्याक राइट’ स्वयंसेवीहरुले चलाएको एउटा अभियान हो, जसले जनता, अन्तर्राष्ट्रिय दातृ निकाय र नेपाल सरकारलाई सांस्कृतिक सम्पदा, आचारसंहिता र पर्यावरण पक्षमा समेत ध्यान दिँदै सुरक्षाको पूर्ण व्यवस्थासहित पुनर्निर्माण कार्य चलाउन उत्प्रेरित गर्नेछ । ’ कार्यक्रममा पूर्वमन्त्री अर्जुननरसिंह केसी, एकीकृत माओवादीका नेता राम कार्की, अभिनेत्री सुष्मा कार्की, राजेन्द्र खनाल, किशोरकुमार झालगायत पनि उपस्थित थिए ।