मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्ड १५ बर्षमा

फिल्मीखबर, काठमाडौं, 2015/07/01

नेपाल सरकारले चलचित्र क्षेत्रका लागि स्थापना गरेको एक मात्र सरकारी निकाय चलचित्र विकास बोर्ड आजबाट १५ बर्षमा प्रवेश गरेको छ । बोर्डले स्थापनाको १५ बर्षको समयमा विभिन्न खालका काम गरेपनि सन्तोषजनक प्रगती भने गर्न सकेको छैन ।

बोर्डको स्थापना भएको १५ बर्ष पुगेको अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा विभिन्न फिल्र्मीकर्मीले यही कुरा उठाए । बोर्डले फिल्म क्षेत्रका लागि थुप्रै काम गर्न सक्ने भएपनि गर्न नसकेको गुनासो आएको छ ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरेको कार्यक्रममा बोर्डमा रहेर यो बर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद २० हजार सहित पुरस्कृत गरियो । यस्तै, बोर्डले यस बर्षदेखि अन्तरराष्ट्रिय रुपमा नेपाललाई चिनाउन सफल भएका फिल्र्मीकर्मीलाई सम्मान पनि  गरेको छ ।

सम्मानित हुनेमा विश्वकै कान्छा निर्देशक सौगात बिष्ट छन् । यस्तै, विभिन्न देशमा सहभागी भएर नेपाललाई चिनाएका फिल्मका कम्पनीलाई पनि सम्मानित गरियो । बोर्डले स्थापना गरेको फिल्मीकर्मी कल्याणकारी कोषमा सहयोग गर्ने फिल्र्मीकर्मीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री रिजालले कलाकर्मी र नेता एकै भएको बताए । उनले नेताले पनि अरुलाई गाली गर्ने तर काम कम गर्ने गरेको भन्दै रिजालले कलाकारले पनि काम भन्दा गाली धेरै गर्ने गरेको बताए । उनले आफ्नो मन्त्री पद अब धेरै दिन नरहेकाले फिल्म क्षेत्रका लागि काम गरेको बताएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले बोर्डले फिल्मीकर्मीलाई परिचय पत्र, अभिलेखदेखि विभिन्न काम गर्ने बताए । बोर्डले यही महिनामा राष्ट्रिय चलचित्र पुरस्कार पनि वितरण गर्नेछ ।

कार्यक्रममा बोर्डका पूर्व अध्यक्षदेखि विभिन्न संघसंस्थाका प्रतिनिधी उपस्थित थिए । बोर्डले १ बर्षमा गरेको कामको विवरण पनि प्रस्तुत गरेको थियो ।