मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

दर्पणछाँया २ बनाउँदै तुलसी घिमिरे

फिल्मीखबर, काठमाडौं, 2015/07/01

बन्दै कुनै समयको सुपरहिट फिल्म दर्पणछाँयाको सिक्वेल बन्ने भएको छ । निर्देशक तुलसी घिमिरले फिल्म निर्माण हुन लागेको जानकारी दिएका छन् । यो फिल्मको छायांकन वैशाख महिनाबाट नै सुरु गर्ने तयारी गरिएको थियो । तर, भुकम्पका कारण छायांकन स्थगित भएको तुलसी घिमिरेको भनाई छ ।

 

फिल्मको छायांकन बर्खा सकिएपछि हुनेछ । फिल्मका लागि दर्पणछाँयाकै कलाकार उत्तम प्रधान र दीलिप रायमाझी हुनेछन् । अभिनेत्री निरुता सिंहसँग कुरा नभएको तुलसीले बताए । फिल्मको कथावस्तुमा केही आधुनिकता थपिएको छ । फिल्मको पटकथा, संवाद, लेखन, निर्माण र निर्देशनको काम तुलसी आफैले सम्हालेका छन् । फिल्म दृष्टिकोण बनाएपछि तुलसी घिमिरेले निर्देशन गरेका थिएनन् । अब, उनले ब्लकबस्टर फिल्मलाई नयाँ शैलीमा ढाल्न लागेका हुन् ।