मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बरु मर्छु तर दबाबमा पर्दिन : साहरुख

फिल्मीखबर, काठमाडौं, 2015/07/01

बलिउड अभिनेता साहरुख खान दिनमा १८ घन्टा काम गर्छन् । उनी दैनिक ४ घन्टा मात्र सुत्ने गर्छन् । यसैले पनि उनको फिल्मी करिअर लोभलाग्दो छ । साहरुखले आफू दबाबमा कहिल्यै नपर्ने बताएका छन् । साहरुखका अनुसार जब जीवनमा कुनै किसिमको दबाब हुँदैन, तब मानिस अल्छी हुन्छ ।

 

यसैले उसमा दबाब हुन जरुरी छ । साहरुखले आफ्नो जीवनमा पनि थुप्रै पटक नराम्रा दिन आएको बताए । तर, अभिनेता खानले यस्ता दिन आउँदा पनि आफू दबाबमा नपरेको दाबी गरेका छन् । जब मानिसले कुनै नयाँ काम सुरु गर्छ, तब उ असफल पनि हुनसक्छ । असफल हुँदा मानिसलाई दिक्क लाग्न सक्छ । तर, दबाबमा पर्नु हुँदैन, साहरुखले भने । साहरुखले भने, यस्तो पनि हुनसक्छ कि कुनै दिन यसकारण म मर्न पनि सक्छु । तर, दबाबले टुट्दिन ।