मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बारपाकमा छायांकन गरिएको चलचित्र

फिल्मीखबर, काठमाडौं, 2015/06/30
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भुकम्प जानुभन्दा केही दिनअघि मात्रै चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन भएको थियो । जसमा बारपाकका स्थानीय जनताहरुले पनि अभिनय गरेका थिए । बैशाख १२ गते भुकम्प गएपछि बारपाक ध्वस्त भयो । बारपाक मात्रै होइन, महाभुकम्पले ध्वस्त पारेको बारपाक नजिकैको गाउ“ लाप्राकमा पनि चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन गरिएको थियो ।
 
हाल सम्पादन कक्षमा रहेको चलचित्र ‘टिष्टापारीको साईनो’लाई गुरुङ् चलचित्रहरुको निर्देशनमा ख्याति कमाएका खिलबहादुर गुरुङ्ले गरेका हुन् । गुरुङ् नै चलचित्रमा मुख्य भुमिका अर्थात् नायक छन् । ‘भुकम्पपछि म राहत कार्यक्रम लिएर बारपाक र लाप्राक पुगेको थिए“ । त्यस्तो प्राकृतिक सौन्दर्यको खानी बारपाक र लाप्राकको अहिलेको अवस्था देख्दा मेरो आ“खा रसायो ।’–निर्देशक तथा नायक खिलबहादुर गुरुङ् बताउ“छन् । 
 
 
सम्पुर्ण सिक्किमेली गुरुङ समूदायबाट निर्माण गरिएको विशुद्ध सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन बारपाक र लाप्राकबाहेक सिक्किमका विभिन्न स्थानमा गरिएको छ । नेपाल र सिक्किमबीचको भाषिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई देखाउन खोजिएको चलचित्र ‘टिष्टापारीको साईनो’मा सिक्किमका संस्कृति, धरोहर तथा सडक मन्त्री जिएम गुरुङ् पनि बिशेष भुमिकामा देखिएका छन् । चलचित्रमा युनिता गुरुङ्, अमिर गुरुङ्, टिकाराम घले, गजेन्द्र गुरुङ्, सीता गुरुङ्, ओमन गुरुङ्, रात्र गुरुङ, सरोज गुरुङ, बाइके मेघी, बिशेष गुरुङ तथा बालकलाकार साधना गुरुङको कलाकार छन् ।