अभिनेत्री प्रियंका कार्कीले आफ्ना फ्यानसँगको संवाद सुरुवात गरेकी छिन् । अप्रत्यक्ष रुपमा फ्यानकै वरिपरी रहेपनि कलाकारहरु प्रत्यक्ष रुपमा उनीहरुसम्म पुग्न सक्दैनन् ।
यसैले प्रियंकाले अब फ्यानसँगको कुराकानीलाई सामाजिक संजालबाट निरन्तरता दिने भएकी हुन् । हिजो आफ्नो इन्ट्राग्राममा फ्यानसँग प्रत्यक्ष संवाद गरेपछि प्रियंका उक्सिएकी हुन् । उनले फ्यानले सोधेका हरेक प्रश्नको जवाफ दिएकी थिइन् ।
नेपालमा कुनै पनि कलाकारले यसरी फ्यानसँग प्रत्यक्ष रुपमा जोडिएर उनीहरुले सोधेका सामान्य प्रश्नको जवाफ दिएको पाइदैन । प्रियंकाले फ्यानसँग आफ्नो दैनिकी, जीवनयापनदेखि सुन्दरताको कुरा गरेकी थिइन् ।
फ्यानले उनलाई उनको रोजाई, उनको सुन्दरताको राजदेखि मनपर्ने विदेशी कलाकारको बारेमा समेत सोधेका थिए । यी प्रश्नलाई प्रियंकाले सहजै जवाफ दिएको बताइन् । यसरी, प्रत्यक्ष कुरा गर्दा फ्यानसँग जोडिने र उनीहरुको जिज्ञासा पनि मेटिने उनको भनाई छ ।

