Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तोडियो सहकार्य

फिल्मीखबर, काठमाडौं, 2015/06/30

नेपाल चलचित्र संघ अध्यक्षले आफैंले गरेको निर्णय लागू गर्न आनाकानी गरेपछि निर्माता संघले चलचित्र संघसँगको सहकार्य तोडेको घोषणा गरेको छ । निर्माता संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै संघ हिन्दी फिल्मको हिमायती बनेको र दादागिरी गरेको भन्दै सहकार्य तोडेको घोषणा गरेको हो ।


यसअघि दुवै बीच गत मंसीरमा फिल्म निर्माण, वितरण र प्रर्दशनका समस्यालाई साझा रुपमा हल गर्ने उद्धेश्यले साझा कार्यद लबनेको थियो । कार्यदलमा चलचित्र संघबाट मधुसुदन प्रधान, गोपाल कायस्थ र देवेन्द्र खड्गी सदस्य थिए भने निर्माता संघबाट केशव भट्टराई, छवि ओझा र सुनिल मानन्धर सदस्य थिए । त्यतिबेला दुवै संघबीच ९ बुँदे सम्झौता जारी गरिएको थियो ।

 


यही कार्यदलले केही दिन अघि भूकम्प पछि कुनै पनि निर्माताले आफ्नो फिल्म रिलिज गर्न नमानेपछि निर्मातालाई ६० प्रतिशत सेयर दिनेगरी प्रस्ताव पारित गरेको थियो । तर चलचित्र संघ अध्यक्ष नकिम उद्धिनले त्यो प्रस्तावमा पहिले सहमति जनाएर पनि पछि हटेको भन्दै आइतबार चलचित्र संघको कार्यदलका तीनै जना सदस्यले राजीनामा दिएका थिए ।
कार्यदलका सदस्यले राजीनामा दिएपछि निर्माता संघले पनि सहकार्य टुटेको घोषणा गरेको हो ।

Most Visited News (monthly)