अक्षय कुमारसँग काम गर्ने सन्नी लियोनको ठूलो चाहाना थियो । उनले बलिउडका ठूला हिरोसँग काम गर्ने विशलिस्टमा अक्षय कुमारलाई पनि राखेकी थिइन् । तर दुई तीन वर्षयता सि ग्रेडका हिरोसँग काम गर्दै आएकी सन्नी लियोनीले बल्ल ए ग्रेडका हिरोसँग काम गर्ने अवसर पाएकी छिन् त्यसमध्ये पनि अक्षय कुमारसँग । उनले अक्षय कुमारको नयाँ फिल्म ‘सिंह इज ब्लिङ’मा अक्षयसँग काम गर्ने मौका पाएकी हुन् ।
सन्नी लियोनी यतिबेला गोवामा सिरियलको सुटिङ गरिरहेकी थिइन् । त्यही अक्षय कुमारको टोली पनि सुटिङ गरिरहेको थियो । टोली केमियोका लागि कुनै नाम चलेको अनुहारको खोजीमा थियो । गोवामै सन्नी लियोनीको सुटिङ चलिरहेको थाहा पाएपछि ‘सिंह इज ब्लिङ’ टोलीले सन्नीलाई अक्षय कुमारसँग केमियोका लागि आग्रह ग¥यो ।
सन्नीसँग समय त थिएन तर आफूले काम गर्न चाहेको हिरोसँग स्क्रिन सेयर गर्ने मौका उनी चुकाउन चाहान्नथीन् । उनले टेलिफिल्मको टोलीलाई एकदिन सुटिङ नगरिदिन आग्रह गरिन् र अक्षयका लागि समय निकालिन् । अक्षयसँग काम गर्न पाएकोमा सन्नी यति धेरै खुशी भइ्न कि उनले ट्वीट गरेर आफ्नो चाहाना पूरा भएको र अक्षयसँग फिल्म खेल्नु आफ्ना लागि नयाँ सुरुवात भएको बताइन् ।

