नेपाल चलचित्र कलाकार संघलाई चुनाव लागेको छ । भदौ २३ गते हुने चुनावी सभाका लागि उम्मेदवारी घोषणा सुरु भएको छ । यसपटक अध्यक्ष पदमा हालमा महासचिव रामकेशर बोगटी र कलाकार लय संग्रौलाविच भिडन्त हुनेछ । अभिनेत्री करिश्मा मानन्धरले पनि उम्मेदवारी दिने चर्चा छ । अध्यक्ष पदमा उम्मेदवारीको घोषणा भएपनि अन्य पदका लागि कलाकारहरु अगाडि सरेका छैनन् । अध्यक्ष पदमा उम्मेदावरी दिदै कलाकार रामकेशर बोगटीले आफूले गरेका योगदानको चर्चा गरे । ४ दशकदेखि फिल्म क्षेत्रका बिताएको बताउँदै उनले कलाकारको हितमा काम गर्ने बताए । उनले कलाकार संघको आफ्नै भवन निर्माण गर्ने पनि बताए । रामकेशले कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा निम्न काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छन् ।
१. कलाकार सदस्यहरुलाई संघको तर्फबाट दिइने विमा व्यवस्थालाई प्रभावकारी रुपमा अगाडि बढाउने छु र संघको आर्थिक बृद्धि गर्न देश विदेशमा विविध सांकृतिक कार्यक्रम लगायत चलचित्र अवार्ड कार्यक्रम समेत गर्नेछु । कलाकारहरुलाई देश विदेशमा दिइने तालिममा सहभागीता गराउन राज्यस“ग पहल गर्नेछु ।
२. विधान बमोजिम बरिष्ठ कलाकार तथा लोकप्रिय कलाकारको उपाधी दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याई त्यस्ता कलाकारहरुको निधनमा राज्यले राष्ट्रिय सम्मान अनिबार्य रुपमा दिनुपर्ने व्यवस्थाका लागि पहल गर्नेछु ।
३. इन्टरनेशनल फेडेरेशन अफ एक्टर्सस“गको आवद्धतालाई निरन्तरता दिई सो संस्थास“ग संघले लिन सकिने अधिकतम सेवा सुविधाहरु लिनका लागि विशेष पहल गर्नेछु ।
४. चलचित्रकर्मीहरुको संघ संस्थाहरु धेरै भइसकेको र एक आपस विचको सम्बन्ध सुदृढ हुन नसकेको अवस्थामा ‘चलचित्र महासंघ’को आवश्यकता भएकोले चलचित्र महासंघको अवधारणालाई अघि बढाउन विशेष पहल गर्नेछु । त्यस्तै चलचित्रकर्मीहरुले स्थापना गरेको चलचित्र विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको प्रगतीको लागि विशेष पहल गर्नेछु ।
५. कलाकार सदस्यहरुको बायोडाटालाई संघमा सम्पूर्ण रुपले उपलब्ध गराई वैज्ञानिक ढंगबाट विवरण राख्ने व्यवस्था गर्नेछु र कलाकारहरुलाई आवश्यक सहयोग सुविधा दिई संघप्रति आकर्षण हुने व्यवस्था गर्नेछु ।
६. हालै मात्र राज्यबाट स्विकृत भएको चलचित्र नीतिलाई काुननी रुपमा कार्यान्वयन गर्न विशेष पहल गरि चलचित्र क्षेत्र तथा नेपाल चलचित्र कलाकार संघको उन्नतीको लागि आफू सक्रिय रही पूर्ण रुपमा समर्पित हुनेछु ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
कलाकार संघलाई लाग्यो चुनाव
फिल्मीखबर, काठमाडौं, 2015/06/29
- ‘आवारापन २’ बन्यो इमरान हाश्मीको करिअरकै ठूलो ओपनर
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
Most Visited News (monthly)

