अभिनेता जीवन लुइटेल र अभिनेत्री रिस्ता बस्नेत एकसाथ पर्दामा देखिने भएका छन् । जीवनले रिस्तासँग फिल्म रिफ्यूजीका लागि प्रेमी प्रेमिकाको जोडी वाधेका हुन् ।अहिले झापामा छायांकन भैरहेको यो फिल्ममा जीवन शरणार्थीहरुको नाइकेको रुपमा पर्दामा देखिनेछन् ।
फिल्मको निर्देशन उदय सुब्बाले गरिरहेका छन् । अहिले फिल्मको गीतको छायांकन धमाधम भैरहेको छ ।रिस्तासँग फिल्ममा काम गर्दा जीवनले आफू यूवा अवस्थामा फर्किएको बताए । रिस्ता र जीवनको जोडी पहिलो पटक पर्दामा देखिन लागेको हो । भुटानी शरणार्थीहरुको कथामा फिल्म रिफ्यूजी बन्नेछ ।

