Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकालाई पट्याउन चाहान्छन् रसेल

फिल्मीखबर, काठमाडौं, 2015/06/28

ब्रिटिश अभिनेता रसेल ब्रान्डले बलिउड अभिनेत्री दीपिका पादुकोनलाई पट्याउने अभिव्यत्तक्ति दिएका छन् । भारतको नयाँ दिल्लीमा अयोजित एक कार्यक्रममा बलिउड सेलिब्रेटीका बारेमा कुरा गर्दै रसेलले दीपिकालाई पाए आफू उनीसँग विवाह गर्न तयार रहेको बताएका छन् ।


उनले आफू सलमान र शाहरुख जस्तो बन्न चाहेको बताउँदै दीपिकासँग विवाह गर्ने चाहान राखेका हुन् । मजाकमा सो कुरा भनेको उनले पछि दीपिकाले चित्त दुखाउलिन् भनेर फोन गरेर पहिले नै जानकारी दिन्छु भनेर उपस्थित दर्शकसँग दीपिकाको फोन नम्बर मागेका थिए ।‘कसैसँग छ भने मलाई दीपिकाको नम्बर दिनु होला । पुलिसले आएर समात्नु अघि नै उनलाई म सबैकुरा बताउन चाहान्छु,’ रसेल कार्यक्रममा मजाक गर्दै भनेका थिए ।
रसेल भारत आइरहने विदेशी सेलिब्रेटी मध्ये पर्छन् ।

उनले गायिका केट पेरीसँग राजस्थानमा भव्य बिहे गरेका थिए तर उनीहरुको विवाह जम्मा १४ महिना मात्र टिकेको थियो । कार्यक्रममा रसेलले आफ्नो विवाह माथि पनि मजाक गरेका थिए ।‘मेरो विवाह भन्दा त यहाँ बलिउडका फिल्म हलमा ज्यादा टिक्छन्,’ रसेलले भनेका थिए । रसेलले चाँडै नै बेंगलोर र मुम्बईमा पनि कार्यक्रम गर्नेछन् । रसेलको यस्तो विचार रणवीर सिंहले पक्कै सुनिरहेका होलान् । हेर्नुछ दीपिका वा रणवीर कस्ले पहिले रसेल माथि प्रतिक्रिया दिनेछन् ?

Most Visited News (monthly)