फिल्म ‘लबसब’ले पनि रिलिज मिति घोषणा गरेको छ । फिल्मले भदौ २५ लाई रिलिज मिति घोषणा गरेको हो । यसअघि सोही मितिमा करिष्मा मानन्धरको ‘फागु’ र ‘गोपीकृष्ण फिल्मस्को ‘होमवर्क’ आउने हल्ला चलेका भएपनि दुवैले औपचारिक घोषणा गरेका थिएनन् ।
त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्ममा संयम पुरी, सलोन बस्नेत र करिष्मा श्रेष्ठको जोडी देख्न सकिनेछ । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा नरेन्द्र महर्जन र सुशिल पोख्रेलको संयुक्त लगानी छ । फिल्ममा फाइट हिमाल केसि, छायाकन कृष्ण श्रेष्ठ, सम्पादन बिपिन मल्ल र डान्स रामजी लामिछनेको रहेको छ ।


