Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेश नगई बसे, निराशा बढ्यो : भूवन केसी

फिल्मीखबर, काठमाडौं, 2015/06/25

अभिनेता भूवन केसीले पोखराको पिसफुल होटलमा ५ लाख बराबरको  बिल नतिरको भन्ने समाचारको खण्डन गरेका छन् । उनले यस्ता समाचार झुटा र कपोलकल्पित भएको बताए ।
भूवनले आफू विदेश नगइ नेपाली फिल्मकै सेवामा लागेको बताए । तर, यस्तो समाचारले आफूमा निराशा बढेको र यसले राम्रो फिल्म बनाउन पनि असर गर्ने बताए ।

 

भुवनले आफू पनि यही क्षेत्रमा समर्पित भएको बताउँदै छोरा अनमोललाई पनि फिल्म क्षेत्रमै ल्याएको बताए । भुवनले होटलको बिल आफूहरु होटलबाट बाहिर निस्केपछि तिर्ने बताए । काम गर्दै जाँदा आर्थिक समस्या आउने भन्दै फिल्मको काम नै नसकी पैसा दिएन भन्नु गलत भएको भूवनको भनाई छ । फिल्म बनाउनु र चलाउनु फलामको चिउरा चपाए जस्तै भएको बताउँदै भुवनले आफूले राम्रो फिल्म बनाएर नेपाली फिल्मको समृद्धी गरेको दाबी गरेका छन् । उनले पोखरामा लागेको सम्पूर्ण खर्च तिरेर काठमाण्डौ फर्कने पनि बताएका छन् ।


पत्रकार सम्मेलनमा केही निराश देखिएका भूवनले फिल्मको काम अझै केही बाँकी रहेकाले काम गर्ने कलाकारलाई रकम दिएन भन्नु गलत हल्ला भएको दाबी गरे । अभिनेता भूवन केसीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’को पोखरासँगै ७५ प्रतिशत छायांकन सकिएको छ ।

Most Visited News (monthly)