Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

यूरोप उड्दै अशिष्मा पनि

फिल्मीखबर, काठमाडौं, 2015/06/25

भूकम्पपछि विभिन्न देशमा पीडितहरुका लागि भन्दै च्यारेटी कार्यक्रम भैरहेका छन् । जसका कारण नेपाली कलाकारको व्यस्तता बढेको छ । ‘नेपाल निड आवर सपोर्ट’ भन्ने मुल नाराका साथ आइतबारबाट यूरोपका विभिन्न देशमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन अभिनेत्री अशिष्मा नकर्मी पनि युरोप जान लागेकी छिन् ।

 

आशिष्मा त्यसका लागि शुक्रबार बेल्जियम उड्नेछिन्् । उनले एक महिनाको अवधिमा करिब ४ वटा कार्यक्रममा सहभागिता जनाउने जानकारी गराईन् ।  उनको साथमा गायिका आस्था राउत र गायकद्धय प्रमोद खरेल र विवेक श्रेष्ठ सहभागी पनि हुनेछन् ।

 


अशिष्माले अहिलेसम्म विदेशी भूमिमा आयोजना हुने यस्तो कार्यक्रममा सहभागिता नजनाएको बताइन् । च्यारेटी कार्यक्रम भएकाले आफू जान लागेको उनले बताइन् । उनले केही गीतमा नृत्य गर्ने छिन् । यो कार्यक्रम पासापुच बेल्जियमले आयोजना गर्न लागेको हो । उनले आफूहरुले पारिश्रमिक लिएपनि थोरै मात्र लिएको बताइन् ।

Most Visited News (monthly)