Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

रणदिपको दीदि भन्दै ऐश्वर्या

फिल्मीखबर, काठमाडौं, 2015/06/25

पाकिस्तानी जेलमा मृत्यु भएका भारतीय कैदी सरबजितको बायोपिकमाथि फिल्म बन्दैछ । यो फिल्ममा अभिनेत्री ऐश्वर्या राय बच्चन सरबजितको बहिनीको रुपमा देखिदैछिन् । उनको फिल्ममा दलबिर कौर सिंह नाम हुन्छ । ऐश्वर्याले यो फिल्ममा संझौता गरेपछि मुख्य भूमिकामा देखिने  पात्रको बारेमा खुबै चर्चा भएको थियो ।

 

फिल्मका निर्देशक उमंग कुमारले फिल्मको लिड क्यारेक्टरको खुलासा गरिदिएका छन् । फिल्ममा रणदिप हुड्डा सरबजितको भूमिकामा देखिन लागेका हुन् । मेरी कोम फिल्मका निर्देशकले भने, ऐश्वर्या राय र रणदिप आउने बायोपिकमा भाइ बहिनी बन्न गइरहेका छन् ।

 

छोरीलाई जन्म दिएर केही बर्ष बलिउडको पर्दाबाट टाढा रहेकी ऐश्वर्या अब धमाधम काम गरिरहेकी छिन् । उनले ‘जज्बा’ फिल्मबाट कमब्याक गरेकी हुन् । उनले करण जौहरको निर्देशनमा बन्ने फिल्मम‘ए दिल हे मुश्किल’मा पनि रनवीर कपुर र अनुस्का शर्मासँग काम गर्ने संझौता गरिसकेकी छिन् ।

Most Visited News (monthly)