पैसा नतिरेका कारण होटलले सामान जफत गरेको भन्ने समाचारको होटल आफैंले खण्डन गरेको छ । होटलले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा आएका कुरा भ्रामक र कपोलकल्पित भएको बताएको छ । भुवन केसीको निर्देशन रहेको ड्रिम्स जेठको दोस्रो सातादेखि पोखरामा सुटिङ गरिरहेको थियो ।
मंगलबार अचानक फिल्म युनिटले पैसा नतिरी भाग्न खोज्दा सामान नियन्त्रणमा लिएको समाचार आएको थियो । ड्रिम्सको युनिट पोखराको पिसफूल होटलमा बसिररहेको थियो । भुवन केसीले समाचारमा सत्यता नभएको बताइरहँदा पनि केही अनलाइनमा भुवन केसीले पैसा तिर्न नसकेको समाचार बाहिरिएको थियो ।
होटल सञ्चालिका बिन्देश्वरी श्रेष्ठले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती फिल्मीखबरले प्राप्त गरेको छ । विज्ञप्तीमा श्रेष्ठले भुवन केसीले तिर्नुपर्ने रकम तिरिसकेको भन्दै तथ्यहिन समाचारले भुवन केसी र होटल परिवारको बदनाम भएको भन्दै खेद प्रकट गरिएको छ ।
तथ्यहीन समाचार बाहिरिएपछि भुवन केसीले बिहीबार बिहान नौ बजे पोखरामा नै पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने बताएका छन् । उनले सुटिङको समयावधि लम्बिएकाले अनुमान भन्दा बढी खर्च भएको र काठमाडौंबाट समयमा पैसा नआएकाले एक दिन ढिला भएको भएपनि समाचार आएजस्तो होटलले सामान नियन्त्रणमा नलिएको बताए ।
उनले भने, ‘फिल्मलाई भव्य बनाउन हामीले कुनै कम्प्रोमाइज नगरी सुटिङ गर्यों जसका कारणले अनुमान गरेभन्दा अलि ज्यदा खर्च भयो । पैसा पोखरा आउन ढिला भयो तर केही समाचार माध्यमले यसलाई गलत तरिकाले समाचार बनाए । हामी बिहीबार बिहान मिडिया सामु सबै कुरा स्पष्ट पाछौं,’ भुवन केसीले भने ।
होटलका तर्फबाट जारी गरिएको विज्ञप्ती यस्तो छ ।


