Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फुच्चे निर्देशकलाई बुटबलमा सम्मान

फिल्मीखबर, काठमाडौं, 2015/06/22

गिनिज बुकमा नाम लेखाउन सफल कान्छा निर्देशक सौगात बिष्टलाई बुटबलमा सम्मानित गरिएको छ । उनलाई बुटबल उद्योग बाणिज्य संघले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सबैभन्दा सानो उमेरमा फिल्म निर्देशन गरी नेपालको गौरव बढाएको भन्दै सम्मान गरेको हो ।


८ वर्षिय सौगातले निर्देशन गरेको फिल्म ‘लव यु बाबा’ संसारकै कान्छो निर्देशकको फिल्मको रुपमा दर्ता भएको थियो । सम्मानले सौगातलाई आगामी दिनमा थप काम गर्न उर्जा मिल्ने बुटबल उद्योग बाणिज्य संघ अध्यक्ष महेश मान सिंह हस्ताक्षरित सम्मान पत्रमा भनिएको छ ।

Most Visited News (monthly)