Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पाएकै छैन के को दुरुपयोग ?

फिल्मीखबर, काठमाडौं, 2015/06/22

 अभिनेत्री प्रियंका कार्कीले भूकम्प जानु २ दिन अघि हुन्डाइको टक्सन गाडी खरिद गरेकी छिन् । तर, भुकम्प गएपछि उनले गाडीको तस्बिर फेसबुकमा सार्वजनिक गर्न सकिनन् । भुकम्पको त्रास कम हुँदै गएपछि उनले गाडी सार्वजनिक गरिन् । भुकम्प आए लगतै प्रियंका २० दिन बेलायत पुगेर सांकृतिक कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रममा सहभागी भएर नेपाल आएपछि उनको सक्रियता देखिएन ।

 

यसैले पनि अभिनेत्री कार्कीले यूकेमा च्यारेटीबाट उठेको रकम दुरुपयोग गर्दै गाडी किनेको भन्दै सामाजिक संजालमा आलोचना भैरहेको छ । तर, अभिनेत्री कार्कीले आफूले च्यारेटीको पैसा दुरुपयोग नगरेको बताएकी छिन् । उनले च्यारेटीबाट उठेको पैसा आफूहरुको हातै नपरेकोले दुरुपयोगको हल्ला निराधार भएको बताइन् । उनले च्यारेटीबाट उठेको रकम पुनर्निर्माणमा लगाउने भनेर आयोजकले नै राखेको बताइन् ।

 


आफूले आफ्ना बुबाको साथीसँग गाडी किनेको उनको तर्क छ । प्रियंकाका अनुसार उनका बाबुका साथीलाई अमेरिकाको डीभी परेपछि गाडी बेच्न हतारिएका थिए । बजार मूल्य भन्दा धेरै सस्तोमा  पाएपछि टक्सन किनेको प्रियंकाले बताएकी हुन् । यो बर्ष भित्र गाडी किन्ने योजना रहेपनि तत्काल किन्नु परेपछि बुबाले पनि सहयोग गर्नुभयो, प्रियंकाले भनेकी छिन् । उनले ३३ लाखमा गाडी किनेको बताइन् । नेपाली फिल्म क्षेत्रमा व्यस्त अभिनेत्री कार्की विज्ञापन र विदेशका कार्यक्रममा पनि व्यस्त छिन् ।

 



भूकम्प लगत्तै प्रियंका, अन्जु पन्त र शिव परियार कार्यक्रमका लागि बेलायत गएका थिए । कार्यक्रम उति सफल नभएपनि तीनै जनाले केही सहयोग जम्मा गरेका थिए । प्रियंकालाई सोही रकम दुरुपयोगको गरेको हल्ला चलेको हो । प्रियंकाले सोही हल्लामा प्रतिक्रिया जनाउँदै फेसबुकमा आफ्नो धारणा राखेकी छिन् । उनका अनुसार रकम दुरुपयोग गर्नु त परको कुरा आफूहरुले आयोजकले कबोल गरेको रकम पनि नलिएको प्रियंकाको दाबी छ ।

 

उनले लेखेकी छिन् ‘ UK को कार्यक्रम organiser हरुले नेपाल पठाउनु भएको छैन। हामी त्यहा हुदा, ५ कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ। तर त्यो ५ लाखमा अझै अरु पनि स-साना कार्यक्रमहरु गरेर अझै रकम थपेर अनि नेपाल पठाउने भनेर त्यो पैसा अझै UK मा, त्यहाको organizers सङै छ। र रहयो कुरा मेरो UK को कार्यक्रमको पारिश्रमिकको, UK को कार्यक्रम भुकम्प जानू २ महिना अगडी फाइनल गरिएको थियो। ५ शो गरे बापत यति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्येस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियार जि ले लिनु पर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।'

Most Visited News (monthly)