Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्यान मार्ने धम्कीप्रति संघको आपत्ति

फिल्मीखबर, काठमाडौं, 2015/06/22

समाचार लेखेकै भरमा चलचित्र पत्रकार श्याम सुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिएको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ । संघले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै हिम्मतवाली अभिनेता सुदर्शन गौतमले पत्रकार गिरीलाई ज्यान मार्ने दिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।


‘भूकम्प पीडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कम मा प्रकाशित गरिएको समाचारलाई आधार मानेर सुदर्शन गौतमले पत्रकार गिरीलाई मारेर फाल्ने  वोल्दै धम्की दिएको, समाचार संस्था एवं समाचार तथा संचारकर्मीको धावा बोलेको, पटक पटक चलचित्र पत्रकार संघको नाम समेत उल्लेख गरी संघको सदस्य समेत बाट निस्काशन गरिदिने भनी गैर कानुनी शब्द र व्यवहार देखाएको जस्ता कारणले उनको गल्ती अक्षम्य मान्दै चलचित्र पत्रकार संघले सुदर्शन गौतम प्रति खेद व्यक्त गरेको छ ।

 

संघले कानुनी प्रकृया हुँदाहुँदै गौतमले कानुनकै उल्लङ्गन गरेकाले उनलाई माफी माग्न १५ दिने समयसिमा दिएको छ । संघले दिएको समय भित्र उनले आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई वहिस्कार गर्न सकिने संघले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।