Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निखिल र संचिता एकसाथ

फिल्मीखबर, काठमाडौं, 2015/06/21

अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइटेलले बिहेपछि पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्ने भएका छन् । फिल्म ‘माया त माया’ हो छायांकनका क्रममा प्रेममा परेपछि यो जोडी मुम्बई भागेको थियो । यसपछि संचिताले नेपाल फर्किएर २ सन्तानलाई जन्म दिइन् भने निखिल उतै हराएका थिए ।


निखिल र संचिताको जोडी रियल लाइफमा जती चर्चित बन्यो पर्दामा बन्न सकेन । तर निर्देशक बिवी फुयाँल रियल जोडीलाई रिलमा उतार्ने तयारीमा छन् । उनले  निखिल र संचितालाई एकसाथ काम गराउन लागेको बताए  छन् । साउन १ गतेबाट छायांकनमा जाने फिल्म ‘च्याम्पियन’मा यी दुई श्रीमान् श्रीमती पर्दामा देखिन लागेका हुन् ।

 


यो फिल्ममा क्रिकेटको कथालाई उठान गरिएको बिवीले बताए । फिल्म भित्र निखिल ब्याटिङ गर्नेछन् । संचिताको भूमिका भने खुलाइएको छैन । आरडी मिडिया हाउसको ब्यानरमा तयार हुन लागेको फिल्मलाई टेकमणि पोख्रेलले निर्माण गर्दैछन् । फिल्ममा पवन गौतमको छायांकन र टंक बुढाथोकीको संगीत रहने पक्का छ ।निखिललाई पक्का गर्नुअघि वीबी फुयाँलले आयर्नसँग पनि सोही भूमिकाका लागि कुरा गरेका थिए तर आर्यनले चासो नदिएपछि सोही रोलमा निखिल आउन लागेका हुन् ।

Most Visited News (monthly)