फिल्म क्षेत्रमा आएपछि आफू अभिनित सबै फिल्मले बक्स अफिसमा राम्रो कमाई गरुन् भन्ने चाहना कलाकारको हुन्छ । तर, यस्तो चाहना राखेपनि कलाकारको सपना पुरा भएको कमै मात्र पाइन्छ । बलिउडमा आएपछि आजसम्म कुनै पनि फिल्म फ्लप नभएका कलाकार हुन् अभिनेता बरुण धवन र अभिनेत्री श्रद्धा कपुर ।
यी दुइले एकसाथ अभिनय गरेको फिल्म ‘एवीसीडी २’ ले बक्स अफिसमा धमकेदार ओपनिङ गरेको छ । पहिलो दिन १४.३ करोडको व्यापार गर्दै फिल्मले यो बर्षको रेकर्ड तोडेको छ । यसअघि अक्षय कुमारको फिल्म गब्बर २ को खातामा रहेको ओपनिङ रेकर्डलाई ‘एवीसीडी २’ ले तोडेको छ । ‘गब्बर इज ब्याक’ले पहिलो दिनमा १३.५ करोड कमाएको थियो ।
बरुणले अभिनय गरेको ‘स्टूडेन्ट अफ द इयर’, ‘मै तेरा हिरा’े, ‘हम्टी शर्माकी दुल्हनिया’, ‘बदलापुर’ सुपरहिट भएका थिए । यस्तै श्रद्धा अभिनित ‘आशिकी २’, ‘एक भिलेन’ ब्लकबस्टर फिल्म हुन् ।

