Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शरद र म एउटै टिममा : निशा

फिल्मीखबर, काठमाडौं, 2015/06/19

नायिका निशा अधिकारीले  क्रिकेटर शरद भेषवाकर र आफ्नो प्रेम सम्बन्ध यथावत रहेको बताएकी छिन् । उनले एउटा साप्ताहिक पत्रिकामा आफूहरुको सम्बन्ध छुटेको समाचारमा प्रतिक्रिया जनाउँदै आफूहरु अझ पनि एउटै टिममा रहेको बताएकी छिन् । सो साप्ताहिक पत्रिकाले निशाको ‘प्रेममा शरद रनआउट’ शीर्षकमा समाचार छापेको थियो ।

 

सोही समाचार अनलाइनमा समेत आएपछि निशाले फेसबुकमा प्रतिक्रिया दिँदै आफूहरु हैन बरु समाचार संस्था चैं गलत न्युज छापेर रनआउट भएको प्रतिक्रिया दिएकी हुन्  । उनले सो समाचारले अनलाइनको विश्वसनीयता नै घटाउने भन्दै आफूहरु अझ पनि एउटै टिममा रहेको दाबी गरेकी गरेकी छिन् ।


चुपचाप अमेरिका पुगेपछि केही अनलाइनले निशा र शरदको प्रेम टुटेको र सोही कारणले निशा नेपाल छाडेर अमेरिका लागेको आसयका समाचार प्रसारण गरेका थिए । समाचारमा शरद र निशाले ज्वाइन्ट फेसबुक एकाउन्ट खोलेको तर ब्रेक अप भएपछि एकाउन्ट डिएक्टिभ रहेको पनि उल्लेख गरिएको थियो ।राष्ट्रिय टोलीका सदस्य शरद भेषवाकर भने हाल भारतमा अभ्यास म्याच खेलिरहेका छन् ।

Most Visited News (monthly)