Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ बुँदेमा प्रतिबद्ध राजकुमार राई

फिल्मीखबर, काठमाडौं, 2015/06/19

चलचित्र विकास बोर्ड अध्यक्ष राईले आफूले पदबाली गरे जारी गरेका पाँचबुदे घोषणा लागू गरी छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघले शुक्रबार राजकुमारलाई वधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा राईले पुनः सो प्रतिबद्धता दोहोर्याएका हुन् ।

 

वधाई थाप्दै राजकुमारले बक्स अफिस प्राथमिकताको पहिलो बुँदा रहेको बताए ।  बोर्ड अध्यक्ष भएपछि उनले घोषणा गरेका कार्यक्रममा कुनै पनि नीति र नियम पर्खनु पर्ने वुँदा छैनन् । यसैले पनि आफूले जारी गरेको ५ बुँदे जसरी पनि लागू गर्ने बताएका छन् । राइले विवादको केन्द्रमा रहेको बक्स अफिस सर्भर नेपाल टेलिकमको कार्यलयमा राख्न सकिने विकल्प पनि अगाडि सारेका छन् । यसअघि चलचित्र संघले सर्भर आफैंले राख्न पाउनुपर्ने भन्दै बक्स अफिस लागू गर्न अत्तो थापिरहेको छ ।

 

उनले सबैसँग सल्लाह गरेर अगाडि बढ्ने तर सही कामका लागि अड्चन आए सरकारले जसरी पनि निर्णय गर्ने बताए । चलचित्र संघ र वितरकले बक्स अफिसको बिषयमा अड्चन जनाउनुको अर्थ नभएको उनको भनाई छ । उनले फिल्म पत्रकारहरुसँग मिलेर बोर्ड अगाडि बढ्न तयार रहेको पनि बताएका छन् । संघका अध्यक्ष शान्तिप्रियले बोर्डबाट चलचित्र पत्रकार संघले केही अपेक्षा गरेको र मिलेर अगाडि बढ्न तयार रहेको बताए । उनले पत्रकारहरुको अभिवृद्धिका लागि हुने विभिन्न खालका गोष्ठीहरुमा सहयोग गर्न बोर्डलाई आग्रह गरेका छन् ।

Most Visited News (monthly)