Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलसँग भिड्दै आर्यन र जीवन

फिल्मीखबर, काठमाडौं, 2015/06/18

‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ को तेस्रो संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । बिहीबार आयोजक नेपाल चलचित्र विकास कम्पनीकी अध्यक्ष निकिता पौडेलले प्रेस विज्ञप्तिमार्फत २०७१ को मनोनयन गरिन्  ।


२० विधामा प्रदान गरिने अवार्ड मध्ये १७ वटा विधाको मनोनयन सार्वजनिक गरिएको हो । तीन विधा अप्रतिस्पर्धी रहनेछन् । सार्वजनिक मनोनयन अनुसार  ‘जेरी’, ‘कबड्डी’, ‘नाँई नभन्नु ल ३’, ‘नोभेम्बर रेन’, ‘टलक जंग भर्सेस् टुल्के’ उत्कृष्ट ५ फिल्मको रुपमा मनोनयनमा अटाएका छन् ।  निर्देशकमा रामबाबु गुरुङ, निश्चल बस्नेत, दिनेश राउत, हेमराज बिसी र मुस्कान ढकालले प्रतिस्पर्धा गर्नेछन् ।  


अभिनेताको रुपमा आर्यन सिग्देल, अनमोल केसी, दयाहाङ राई, जीवन लुईटेल र खगेन्द्र लामिछाने सर्वोत्कृष्ट अभिनेतामा प्रतिस्पर्धा गर्दैछन् । नम्रता श्रेष्ठ, गरिमा पन्त ,केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा अभिनेत्रीको लागि प्रतिस्पर्धा गर्दैछन् ।


२०७१ साल वैशाख १ देखि चैंत मसान्तसम्म रिलिज भएका फिल्महरुबाट उत्कृष्ट ५को नाम छनोट गरिएको हो ।  सर्वोत्कृष्ट नवअभिनेता, नवअभिनेत्री, पटकथा, संगीतकार, नृत्य निर्देशक र हाँस्यकलाकारको विधामा  समेत मनोनयन सार्वजनिक भएको छ । पुरस्कारको आयोजना नेपाल चलचित्र विकास कम्पनीले गर्दैछ । संगीतकार शुभबहादुर सुनाम, चैत्यदेवी सिंह, मञ्जुकुमार श्रेष्ठ र प्रदिप उपाध्यायको निर्णायक टोलीले उत्कृष्ट ५ को नाम निकालेको हो ।

Most Visited News (monthly)