प्रदर्शन मिति तय हुन नसकेको फिल्म लभ सबलाई फिल्म सेन्सर बोर्डले पनि यूनिभर्सल सर्टिफिकेट दिएको छ । निर्माता सुशिल पोख्रेलले फिल्मले यू सर्टिफिकेट पाएको र सबै बर्गका दर्शकले हेर्न सक्ने बताए । देव श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्ममा प्रेमको कथा देखाइएको छ ।
यो फिल्म असार र साउन महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो । तर, निर्माता पोख्रेलले आफूहरुलाई बाच्ने आधार तय गरिदिए प्रदर्शन गर्न सकिने बताएका छन् । फिल्ममा नरेन्द्र महर्जन र सुशिल पोख्रेलको संयुक्त लगानी छ । फिल्ममा संयम पुरी, सलोन बस्नेत र करिश्मा श्रेष्ठले मुख्य भूमिकामा काम गरेका छन् । कलाकार संयम पुरीले यो फिल्ममा गरेको अभिनयबाट उनले तारिफ पाउने निर्माताको विश्वास छ ।
हेर्नुस् फिल्मको गीत

