Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चले नेपाल नचले अमेरिका

फिल्मीखबर, काठमाडौं, 2015/06/18

 अभिनेता रमेश उप्रेती अमेरिकाबाट नेपाल फर्किए । नेपाल फर्किएपछि विभिन्न सार्वजनिक कार्यक्रममा देखिने गरेका रमेश अहिले फिल्म खेल्न पनि थालिसकेका छन् । उनी अभिनेत्री गौरी मल्लसँगै नेपाल फर्किएका हुन् । उनी अहिले फिल्म ब्रासलेटमा व्यस्त छन् ।

 

अमेरिकाबाट सधैका लागि फर्किएको चर्चा भएपनि रमेश भने  अहिले पनि दोधार नै छन् ।  उनले ब्रासलेटपछि अन्य केही फिल्ममा काम गर्ने पनि बताए । यी फिल्मको व्यापारले आफ्नो नेपाल बसाई निर्धारण गर्ने उनको भनाई छ । रमेशले यी फिल्म चलेको खण्डमा नेपाल बस्ने होइन भने अमेरिकामा नै फर्कने बताएका छन् ।

 

यसरी हेर्दा रमेश उप्रेतीका लागि फिल्म क्षेत्र परिक्षण केन्द्र बनेको छ । आफ्नो करिअर फेरि चम्किए बस्ने होइन भने अमेरिका फर्कने सोचाई उनले खुलाएका हुन् । नेपाली फिल्म क्षेत्रमा कुनै बेलाका चल्तीका अभिनेता रमेश अमेरिका गएपछि गुमनाम जस्तै भए । फेरि नेपाल आएपछि पनि उनको खासै चर्चा भएको छैन ।

Most Visited News (monthly)