Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

दिलवालेसँग भिड्दै मस्तानी

एजेन्सी, मुम्बई, 2015/06/17

शाहरुख र सञ्जय लिला भन्साली फेरि एक पटक भिड्ने भएका छन् । दुवैका फिल्म एकै दिन रिलिज हुने भएपछि उनीहरुको भिडन्त पक्का बनेको हो । शाहरुख अभिनित ‘दिलवाले’ र सञ्जय लिला भन्सालीको निर्देशन रहेको फिल्म ‘बाजिराव मस्तानी’ले रिलिजका लागि एउटै मिति तोकेपछि कुनै बेलाका दुई मित्र पर्दामा भिडन्त गर्ने भएका हुन् ।

 

यसअघि दुवैको भिडन्त हुँदा शाहरुख खानले बाजी मारेका थिए । केही वर्ष पहिले शाहरुखको ओम शान्ति ओम र भन्सालीका सावरिया एकै दिन रिलिज भएका थिए । जहाँ ओम शान्ति ओम सुपरहिट भएको थियो भने भन्सालीको फिल्म फ्लप भएको थियो ।  


स्टारकास्टका कारण दुवै फिल्मलाई वर्षका ठूला रिलिज मानिएको छ । ‘दिलवाले’ मा लामो समयपछि काजोल र शाहरुखको जोडी देख्न पाइने भएको छ भने फिल्ममा उदाउँदा कलाकार बरुण धवन र कृति सेनन पनि छन् । त्यसैगरी ‘..मस्तानी’मा भन्सालीकै अघिल्ला फिल्म ‘राम लिला’को हिट जोडी यसमा दोहोरिएका छन् ।

 

ऐतिहासिक प्रेमकथामा बनेको फिल्ममा प्रियंका चोपडा पनि छिन् । दुईटा मध्ये कुन फिल्मले बक्स अफिसमा बाजी मार्छन् त्यसका लागि त डिसेम्बर १८ नै कुर्नु पर्छ । किनकी दुवै फिल्म सोही दिन रिलिज हुँदैछन् ।

Most Visited News (monthly)