Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाका लागि १ हप्ता हल बुकिङ

फिल्मीखबर, मुम्बई, 2015/06/15

संसारमा कलाकारका फ्यान पनि कस्ता कस्ता भेटिन्छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि दुबइमा यस्तै फ्यान भेटेकी छिन् । दुबइमा आयोजित अरब इन्डियन बलिउड फिल्म अवार्डमा सहभागी हुन पुगेकी प्रियंकाका लागि एक फ्यानले गजबकै सरप्राइज दिएका छन् ।

 

प्रियंकाका सयौ फ्यान मध्ये एक यस्तो पनि भेटिए, जसले उनको फिल्म २० पटकसम्म हेरेका छन् । उनै फ्यानले अवार्डको समयमा प्रियंकासँग भेट गरे । प्रियंकासँग भेटेपछि खुशी भएका फ्यानले दुबइको एक हल एक साताका लागि बुक गरिदिए ।

 

जहाँ प्रियंकाको दिल धडकने दो नामक फिल्म चलिरहेको थियो । उक्त हलमा ती फ्यानले आफ्ना आफन्त र साथीभाइलाई फिल्म हेर्नका लागि निम्तो गरेका थिए । दुबइ गएको समयमा प्रियंकाले ट्विटरको माध्यमबाट आफ्ना फ्यानलाई बोलाएर भेटेकी थिइन् ।

 

Most Visited News (monthly)