Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

विरानो माया बन्ने

फिल्मीखबर, काठमाडौं, 2015/06/15

माधव खरेलको लेखन तथा निर्देशनमा फिल्म 'विरानो माया' बन्ने भएको छ । यो फिल्मको आज काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहुर्त गरिएको छ । फिल्ममा नम्रता सापकोटा, श्रीदेव भट्ट, दिनेश डीसी, राजु बजाज, रोहित रुम्बा, सुरविर पण्डित, दीपासा बीसीको मुख्य भूमिका रहनेछ ।

 

यही हप्ताबाट छायांकनमा जाने यो फिल्ममा मायाको कथालाई उठान गरिएको निर्देशक खरेलले जानकारी दिएका छन् । श्री मिडिया सर्च एण्ड मुभी मेकरको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा मिलन लामा र सावित्री अधिकारीले पैसा खर्च गर्नेछन् । फिल्मको छायांकन काभ्रे, सिन्धुली, जनकपुर, झापामा गरिनेछ ।

 

फिल्ममा जनकराज अधिकारीको छायांकन, रुपेश उप्रेतीको नृत्य, अनिल विरही र सरोज प्याकुरेलको संगीत, प्रल्हाद खरेलको मुख्य सहायक निर्देशन, शंकर महर्जनको एक्सन रहने पक्का भएको छ । पत्रकार शान्तिप्रिय यो फिल्मका क्रियटिभ तथा कास्टिङ निर्देशक हुन् ।

Most Visited News (monthly)