Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

राजकुमारलाई लगाइएको मालाको मुल्य कति?

फिल्मीखबर, काठमाडौं, 2015/06/15
झट्ट हेर्दा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र हलहरुको छाता संगठन चलचित्र संघको सम्बन्ध सामान्य देखिन्छ । बाहिरी रुपमा सामान्य देखिए पनि भित्री रुपमा त्यो सम्बन्ध भित्र थुप्रै असन्तुष्टी छन् । 
 
आइतबार राजकुमारलाई विकास बोर्डका अध्यक्षमा नियुक्त भएको बधाई दिदै गर्दा लगाइएको मालाले ठूलो अर्थ राख्छ । राजकुमारलाई चलचित्र संघले वधाई ज्ञापन गर्न कार्यक्रम आयोजना गर्यो । उनलाई फूलको माला र अविर लगाइयो । तर, राजकुमारले बक्स अफिस लागू गरेर त्यसको सर्भर चलचित्र विकास बोर्डमा राख्ने बताएका छन् । यो कुरा चलचित्र संघलाई टाउको दुखाइको बिषय बनेको छ ।
 
चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले मुख नफोरे पनि डीसीएनका मालिक अशोक शर्माले भने मुख खोले । उनले राजकुमारलाई कुनै पनि संस्थालाई अलग राखेर निर्णय नगर्न भने । यसो गरेको खण्डमा मान्य नहुने अशोकको भनाई थियो । यसले चलचित्र संघलाई मान्य नहुने निर्णय नगर्नुहोस् भन्ने अर्थ बुझाएको छ ।
 
राजकुमारले पनि अशोकलाई जवाफ फर्काउँदै सय जना मान्छेका भिडमा केहीलाई खुशी बनाउन नसकिने बताइदिए । अध्यक्ष राईलाई चलचित्र संघले लगाएको माला हेर्दा सामान्य खालको देखिएपनि त्यसको मुल्य भने सस्तो छैन । 
Most Visited News (monthly)