Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

खुल्यो पुरस्कारका लागि आवेदन

फिल्मीखबर, काठमाडौं, 2015/06/14

फिल्मीकर्मीको तर्फबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि राजकुमार राइले केही राम्रा काम गर्ने संकेत देखाएका छन् । जसमा विकास बोर्डले गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार पनि पर्छ ।


गतबर्ष यो पुरस्कार एकैपटक ३ बर्षको बाँडिएको थियो । ३ बर्षसम्म बोर्डले पुरस्कार पनि दिन नसक्दा आलोचना पनि चर्को भएको थियो । तर, यो बर्ष भने बोर्डले अवार्डलाई समयमा नै आयोजना गर्ने भएको छ ।

 

यसका लागि बोर्डले फिल्मीकर्मीलाई आफ्नो फिल्म दर्ताका लागि आह्वान गरिसकेको छ । राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित गरेर बोर्डले फिल्म दर्ता गर्न आग्रह गरेको हो । वि.सं २०७१ सालभरी प्रदर्शनमा आएका फिल्म दर्ता गर्न सकिने बोर्डले जारी गरेको सूचनामा भनिएको छ । एक हप्ता भित्र फिल्म दर्ताका लागि फिल्मकर्मीले बोर्डमा सम्पर्क गर्न सक्नेछन् ।

Most Visited News (monthly)