Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

म जागिर खान मात्र बोर्ड आएको होइन : राजकुमार राई

फिल्मीखबर, काठमाडौं, 2015/06/12

कुनै समय हिरो बन्ने लक्ष्यका साथ राजकुमार राई पूर्वको सहर इटहरीबाट काठमाडौं आएका थिए । पर्दामा हिरो बनेर हिरोइनसँग रोमान्स गर्ने र भिलेनलाई धुलाई गर्ने अवसर त राईले पाएनन् तर समयले उनलाई समग्र फिल्म क्षेत्रका हिरो बन्ने अवसर भने दिएको छ । राई गत शुक्रबार चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । विवादको बिन्दू रहेको बक्स अफिस र फिल्म निर्माण तथा प्रदर्शनमा देखिएको बेथितिलाई व्यवस्थि तगर्न सके राई नेपाली फिल्मको हिरो बन्ने निश्चित छ ।  फिल्मीखबरले नेपाली फिल्मका समस्या र राईका आगामी योजनाका बारेमा केन्द्रित रहेर गरेको कुराकानीका मुख्य अंशहरु ः  


१. विकास बोर्डको अध्यक्ष बनिसकेपछि तत्काल तपाईंका दिमागमा के कुरा खेलिरहेका छन् ?
हो, देश अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ । फिल्म क्षेत्रपनि शुन्य छ । थुप्रै फिल्मीकर्मी यसबाट आहत भएका छन् । कतिपय सिनेमा घरहरू चर्किएका छन् भने त्रसित मनका कारण दर्शकहरू हलसम्म आउन नसकिरहेको अवस्था छ । फिल्म क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका अधिकांश प्राविधिकहरूको घर भत्किएको स्थिति छ । फिल्म कर्मलाई नै आधार बनाएर काम गरिरहनु भएका केही फिल्मी पत्रकारहरूको पनि जनजीवन अस्त व्यस्त बनाएको छ । यसर्थ यतिखेर यसमै केन्द्रित रहेर काम गर्नु नै मेरो प्रमुख दायित्व हुनुपर्छ भन्ने मलाई लागेको छ । तत्काल गरिहाल्नुपर्ने थुप्रै कामहरू पनि छन् । अर्को कुरा म जागीर खानका लागि मात्र विकास बोर्डमा आएको पनि होइन । मेरो नियुक्ति प्रति सबैले ठूलो आशा राख्नु स्वभाविक पनि हो, यसर्थ मैले काम गरेर देखाउनु नै पर्ने हुन्छ ।


२.प्राथमिकताको सूचीमा के के कुरा छन् ?
महाभूकम्पबाट आहत भएका चलचित्र भवन, प्राविधिक, पत्रकार एवं अन्य चलचित्रकर्मीहरूको वास्तविक क्षति पत्ता लगाई उनीहरूलाई कसरी राहत र पुनस्र्थापना गर्न सकिन्छ भन्ने तर्फ कार्य योजना बनाउन तत्तत् क्षेत्रका प्रतिनिधिहरू रहने गरी एउटा समिति गठन गरिने छ र समितिले दिएको प्रतिवेदनको आधारमा विकास बोर्डको क्षमताले भ्याएसम्मको सहयोग अविलम्ब गर्न म र मेरो टिम तत्पर रहनेछ । साथमा महाभूकम्पले गर्दा लथालिंग बनाएको चलचित्रको रिलिजलाई सामान्य, सरलीकरण र व्यवस्थापन गर्नेतर्फ चाँडै नै अझ भनौं एक या दुई साताभित्रै चलचित्र क्षेत्रका विभिन्न संघ, संस्थाहरूको पदाधिकारीहरूको एउटा गोलमेच सम्मेलन गरी त्यसबाट प्राप्त सुझावका आधारमा कार्ययोजना बनाई अविलम्ब कार्य सुरु गरिनेछ ।


. बक्स अफिस, हल बर्गीकरण र फिल्म बर्गिकरणको काम पनि यसै रोकिएको छ, यो काम कसरी अगाडि बढ्ला ?
लामो समयको गृहकार्य पछि लागू गर्न खोजिएको वक्स अफिस र फिल्म वर्गीकरणको काम यतिखेर रोकिएको अवस्था छ । जबकि यो विषयमा परेको मुद्दा विकास बोर्डको पक्षमा किनारा लागिसकेको छ । यसर्थ बक्स अफिस र वर्गीकरणको कार्यलाई तुरुन्तै लागू गराउनेतर्फ आपूm प्रयत्नरत रहनेछु । साथै राष्ट्रिय फिल्म नीति कार्यान्वयनका लागि यथाशीघ्र सोसँग सम्बन्धित ऐन, नियम तर्जुमा गराउनका निमित्त समेत लागिपर्नेछु ।


४. फिल्मीकर्मी अभिलेख पनि राज्य छैन ? फेरि राष्ट्रिय चलचित्र पुरस्कारको मिति पनि नजिकिएको छ, यो काम कसरी अगाडि बढ्ला त ?
     हो मलाई थाहा छ, हामी फिल्मीकर्मीहरू कति छौं ? यसको कुनै लेखाजोखा र अभिलेख छैन । यसर्थ सम्पूर्ण फिल्मीकर्मीहरुको कार्यक्षेत्र (विधागत) खुल्ने गरी एउटा बृहत् अभिलेख अविलम्ब प्रकाशन गरिनेतर्फ हाम्रो टिमले यसै सातादेखि कार्य प्रारम्भ गर्नेछ । प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार र राष्ट्रिय चलचित्र दीर्घ साधना सम्मान’ पूर्व निर्धारित समयमै सम्पन्न गर्न प्रयत्न गर्नेछु भन्ने लागेको छ । हामीले  यसै साताबाट यसको काम पनि अगाडि बढाएका छौ । विकास बोर्डले गर्नुपर्ने काम धेरै छन् । सबैको सल्लाहा मानेर म अगाडि बढ्नेछु ।


तपाई निर्माता संघको अध्यक्ष भैसकेपछि विकास बोर्डमा आउनु भएको छ, जसका कारण अन्य संस्थाका मानिसहरु तपाइले निर्माताको हितका लागि मात्र काम गर्नुहुन्छ भन्ने शंका गर्दैछन् नि ?


एउटा कुरा म स्पष्ट पार्न के चाहन्छु भने म विकास बोर्डमा आइसकेपछि निर्माता संघको मात्र अध्यक्ष हैन । म फिल्म क्षेत्रका सम्पूर्ण संघसंस्थाका प्रतिनिधी पनि हुँ । फेरि, बोर्डको अध्यक्ष राजकुमार राई होइन, सबै फिल्मकर्मी हुन् भन्ने सोच्न जरुरी छ । म सबैसँग मिलेर नै काम गर्नेछु ।


. बक्स अफिस राख्ने कुरामा त मोटामोटी सहमति भईसकेको अवस्था छ तर सर्भर कहाँ राख्ने भन्ने विवाद छँदैछ क्यारे ?
विवाद भन्दा आ आफ्ना अडान छन् । तर अन्तराष्ट्रिय मान्यता हेर्दा पनि बक्स अफिस जस्तो संवेदनशील कुरा सरकारको मातहतमा नै रहेको राम्रो । किनकी हिजो जे कुराले शंका पैदा गराएको फेरि त्यही कुरा दोहोर्याउनु हुन्न भन्ने मलाई लाग्छ । सबै पक्षसँगको छलफल पछि यो विषय टुंगो लाग्छ ।


७.  सन्चारमन्त्रीले फिल्मनीति पारित भईसकेको अभिव्यक्ति दिनु भएको छ तर त्यसको कार्यान्वयन भएको पाईएको छैन ?
सन्चारमन्त्रीले भने झैं फिल्मनीति पारित भईसकेको हो । विकास बोर्डको अध्यक्ष नभएका कारणले गर्दा नै यसको कार्यान्वयन रोकिएको थियो अब सुचारु ह्ुन्छ ।

Most Visited News (monthly)