फिल्म बाजिगरको छायांकन सकिएको छ । अभिनेता जीवन लुइटेल, अभिनेत्री अनु शाहसँगै संजोग कोइराला र निश्मा घिमिरे फिल्मका मुख्य पात्र हुन् । फिल्मको छायांकन राजविराजमा गरेर सकाइएको हो । फिल्मको एक गीतमा अभिनेत्री अनु र अभिनेता जीवनलाई देख्न सकिन्छ ।
तर, यो फिल्ममा अनु र जीवनको कुनै सम्बन्ध नै छैन । रञ्जित रानाले निर्देशन गरेको यो फिल्मको एक गीतमा मात्र अनु र जीवन देखिएका छन् । तर, फिल्मको अन्य पाटोमा अभिनेत्री र अभिनेताको कुनै पनि सम्बन्ध नरहेको जानकारी प्राप्त भएको छ । फिल्म भित्र अभिनेत्री अनु शाह हाबी छिन् । भुकम्प अगाडिबाट छायांकन सुरु भएपनि भुकम्प गएपछि केही दिन यसको छायांकन रोकिएको थियो ।
अभिनेता जीवन लुइटेल अमेरिकाबाट फर्किएपछि मात्र यसको छायांकनमा व्यस्त बनेका थिए । फिल्म राम्रो बनेको प्रतिक्रिया अभिनेत्री अनु शाहले दिएकी छिन् । शेखर कोइरालाले निर्देशन गरेको यो फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।

