Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

जीवन अब भुटानी शरणार्थी

फिल्मीखबर, काठमाडौं, 2015/06/11

अभिनेता जीवन लुइटेल अब भुटानी शरणार्थी बन्ने भएका छन् । बास्तविक जीवनमा नभई असार ३ गतेबाट छायांकनमा जान लागेको फिल्म रिफ्यूजीमा उनी भुटानी शरणार्थीको रुपमा देखिन लागेका हुन् । उदय सुब्बाले निर्देशन गर्न लागेको यो फिल्मको कथा आफूले पढिसकेको र मनपरेको उनले बताए । झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरमा फिल्मको छायांकन हुन लागेको छ ।


यो फिल्ममा जीवन शरणार्थीको नेताको रुपमा देखिदैछन् । कथावस्तु पहिलो चरणमा पढिसकेको र अत्यन्त रोचक रहेकाले काम गर्न लागेको जीवनले बताए । नेपाली फिल्म हेर्ने भुटानी शरणार्थी दर्शकमध्ये धेरैजसो  अहिले अमेरिका पुगेका छन् । यसैले ओभरसिजमा पनि फिल्मले राम्रो व्यापार गर्नेमा जीवन ढुक्क छन् ।


फरक बिषयवस्तुमा काम गर्न पाउँदा खुशी लागेको र उत्साह पनि बढेको जीवनको भनाई छ । फिल्मका अन्य कलाकार पक्का भैसकेका छैनन् । फिल्मको कथा भुटानी नेता टेकनाथ रिजालको जीवनीपरक पुस्तक ‘निर्वासन’बाट लिईएको बुझिएको छ । फिल्मको कथा लेखनमा रिजाल स्वयं संलग्न रहेको स्रोतले बतायो । कुनै समय भुटानी राजाका प्रिय रहेका टेकनाथ रिजाललाई भुटानी राजाले लामो समय कैदमा राखेका थिए ।

Most Visited News (monthly)