फिल्म ‘अधिकट्टी’ले फिल्मको गीत ‘फिगर कोकोकोला’को उत्कृष्ट डबस्मास बनाउनेलाई ३१ हजार दिने भएको छ । निर्देशक सुब्रत आचार्यले गीतको डबस्मास बनाई पठाउने मध्येबाट एक जनालाई नगद प्रदान गर्ने योजना अगाडि सारेको बताएका छन् । पुरस्कार जित्न चाहानेले गीतको डबस्मास बनाई फिल्मको फेसबुक पेजमा पोस्ट गर्नुपर्नेछ । एउटै व्यक्तिले जति पनि भिडियो सेयर गर्न सकिने आचार्यले बताए ।
जेठ ८ मा रिलिज हुन लागेको फिल्म भूकम्पका कारण सरेपछि रिलिज अनिश्चित बनेको छ । सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्ममा गौरव पहारी, प्रदिप बाँस्तोला, विल्न बिक्रम राई, रिस्ता बस्नेत, आशिष्मा नकर्मी गजित विष्ट आदि कलाकारको अभिनय रहेको छ । डबस्मास बनाउनु पर्ने गीतमा भने प्रदिप र आशिष्माले नृत्य गरेका छन् ।

