बलिउड अभिनेता सलमान खान आफ्ना फ्यानसँग एकाएक भड्किएका छन् । मंगलबार राती उनले आफ्नो ट्विटर एकाउन्ट मार्फत फ्यानलाई आक्रोस पुगेका हुन् ।
ट्विटरमा फेक एकाउन्ट बनाएर बलिउडका चर्चित ३ खान सलमान, साहरुख र आमिरको तुलना हुने गर्दछ ।
यी ३ स्टारलाई १, २ र ३ को स्थानमा राखेर फ्यानहरुले मजाक गर्छन् । फ्यानहरुले ३ खानमा कसैको समर्थन गर्दै कसैको मजाक गर्न थालेपछि सलमान भड्किएका हुन् । उनले फेक एकाउन्ट बनाएर आफ्नो समर्थक भएको दाबी गर्नेलाई चोटिलो जवाफ दिदै उनीहरु आफ्नो फ्यान नभएको बताए । उनले साहरुख र आमिर आफ्नो साथी भएको भन्दै १, २ र ३ को तुलना नभएको पनि लेखेका छन् ।

