Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः हर्षिका भइन् झुनझुनवाला

फिल्मीखबर, काठमाडौं, 2015/06/10

अभिनेत्री हर्षिका श्रेष्ठले कोलकत्ताका प्रसुन झुनझुनवालासँग बिहे गरेकी छिन् । परिवारका सिमित सदस्यहरुको उपस्थितीमा उनले बिबाह गरेकी हुन् । प्रसुन मारवाडी समाजका हुन् भने हर्षिका नेवारी । यसैले उनीहरुले दुबै कल्चर अपनाएर बिहे गरेका हुन् ।

 

 

 

बिबाह समारोहमा प्रसुनले जम्मा ३ जना जन्ती ल्याएका थिए । उनको तर्फबाट आमा, बुबा र दाइ मात्र बिहेमा सहभागी थिए । काठमाण्डौको तिनकुनेस्थित एक ब्याङ्केटमा भएको बिहे समारोहमा हर्षिका खुशी देखिइन् । उनले प्रसुनसँग आफ्नो ८ महिना प्रेम भएको बताइन् ।

 

भुकम्प आउँदा प्रसुनले आफूलाई दिएको साथबाट खुबै प्रभावित भएको हर्षिकाको भनाई छ । उनले भुकम्पछि प्रसुनले बिहे प्रस्ताव राख्दा नाई भन्न नसकेको पनि बताइन् । हर्षिकालाई लिएर प्रसुन पर्सी भारतको कोलकत्ता जानेछन् । उनले त्यहाँ आफ्नै परम्पारअनुसार फेरि बिहे गर्नेछन् ।

Most Visited News (monthly)