Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

युवा फिल्मकर्मीको अभियानलाई जापानी नेपालीको साथ

फिल्मीखबर, काठमाडौं, 2015/06/10

‘वि फर अल’ अभियान माफत् राहत तथा टनेल घर निर्माणमा सक्रिय युवा फिल्मकर्मीलाई जापानमा संगठित नेपालीहरुको संस्था बलेवा सेवा समाज जापानले तीन लाख ५० हजार हस्तान्रण गरेको छ । बुधबार अनामनगरमा आयोजित औपचारिक कार्यक्रममा समाजले सो रकम अभियानका सदस्यलाई हस्तान्तरण गरेको हो ।



गायक संगीतकार योगेश काजीको पहलमा समाजले अभियानलाई सो रकम प्रदान गरेको हो । योगेशले फिल्मकर्मीहरुले प्रशंसनीय काम गरेको देखेर प्रभावित भई सहकार्यका लागि हात बढाएको जानकारी गराए ।


रकम ग्रहण गर्दै अभियान संयोजक सुरेश दर्पण पोखरेलले बलेवा सेवा समाजबाट प्राप्त रकमले सिन्धपाल्चोकमा तीन वटा विद्यालयको संरचना निर्माण गर्ने जानकारी गराए ।
बलेवा समाजका प्रतिनिधि राजु केसीले आफूहरुले संकलन गरेको रकम सार्थक ठाउँमा खर्च हुन लागेकोमा खुशी व्यक्त गरे । ‘हामीले संकलन गरेको रकम विद्यालय बनाउने काममा खर्च हुन कुराले हामीलाई हर्षित तुल्याएको छ । सार्थक कामका लागि सहयोग गर्न पाएको अनभूति भएको छ,’ केसीले भने ।


सोही अवसरमा ‘वि फर अल’ अभियानले ‘ओएनसिडब्लु’ले ‘वि गोर्खा’ मार्फत् मोहन भणडरीको पहलमा ३ लाख ८५ हजार प्राप्त गरेको पनि जानकारी गरायो । त्यसैगरी स्कटल्याण्डबाट कृष्ण लामाले १ लाख ५० हजार अभियानका लागि प्रदान गरेको पनि अभियान सदस्य बेनिशा हमालले बताइन् । युवा फिल्मकर्मीले आजसम्म करिब ८५ वटा घर निर्माण गरिसकेका छन् ।

Most Visited News (monthly)