कमल हासन र सैफ अली खानले एउटै फिल्ममा काम गर्ने भएका छन् । दुवै हिन्दी फिल्म ‘अमर है’का लागि एकसाथ देखिन लागेका हुन् । फिल्म कमल हासनको हिन्दी फिल्ममा पुनरागमन हुनेछ । उनले धेरै वर्ष अघि हिन्दीमा ‘हे राम’ बनाएका थिए जुन सन् २०००मा रिलिज भएको थियो ।
फिल्ममा कमल हासन धेरै वटा भूमिकामा देखिने छन् । फिल्मको पटकथा कमल हासन आफैंले लेखिएका छन् भने उनले अभिनयसँगै निर्देशन पनि गर्नेछन् ।
राजनीति, अर्थ र अन्डरवल्र्डको त्रिकोणात्मक सम्बन्धमा बन्ने फिल्मलाई विरेन्द्र के अरोरा र अर्जुन एन कपुरले निर्माण गर्न लागेका हुन् । फिल्म माथि कमल हासनले विगत ६ वर्ष देखि कलम चलाईरहेका हुन् ।
उनले सुरुवात देखिनै फिल्म मुख्य भूमिकामा सैफ अली खान पहिलो रोजाई भएको बताए । फिल्मले मुम्बईदेखि अमेरिकासम्मको कथालाई समेट्नेछ । फिल्मको सुटिङ मुम्बई, उत्तर भारत,लण्डन, दुबई, जोर्डन र अमेरिकामा हुनेछ । कमल हासन हाल तमिल फिल्म ‘थुनगाभानम’को सुटिङमा व्यस्त छन् भने ‘पाप नाशनम्’ रिलिजको पर्खाईमा छन् ।

