‘नाई नभन्नु ल’ को शिर्ष गीत गाएर चर्चा कमाएकी गायिका रजिना रिमालले बिहे गरेकी छिन् । रजिनाको बिहेको चर्चा फिल्म बजारमा सुनिएको थिएन । उनले फिल्मीकर्मीलाई नबोलाई सुटुक्क बिहे गरेकी हुन् । उनले काठमाण्डौका विनोद श्रेष्ठसँग घरजम गरेकी हुन् ।


मंगलबार रजिनाको बिहे भएको उनी निकट उक फिल्मीकर्मीले बताए । रजिनाको इन्गेजमेन्ट भने केही महिना अगाडि नै भैसकेको थियो । रजिनाले नेपाली परम्परा अनुसार बिहे गरेकी हुन् । विवाहमा विनोदले नेपाली पोशाक ढाकाको दौरा सुरुवाल लगाएका थिए भने रजिना दुलही पोसाकमा सजिएकी थिइन् ।
१२ वर्षको उमेरमा ‘गायन यात्रा सुरु गरेकी रजिनाका ‘परी’ र ‘रजिना’ गरी दुई एल्बम सार्वजनिक छ । उनले करिब ३०० जति गीत रेकर्ड गरेकी छिन् । ‘पानीको थोपा जस्तो’, ‘सयौं जुनी पाउन’, ‘छाती चर्किन थाल्छ’ आदि उनका चर्चित गीत भित्र पर्छन् ।

