Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

साहिद र कंगना उत्कृष्ट

एजेन्सी, मलेसिया, 2015/06/09

मलेसियामा भएको आइफा अवार्डमा फेरि एक पटक साहिद कपुर र कंगना रनावतले बाजी मारेका छन् । यसअघिका सबै अवार्डमा अभिनेता र अभिनेत्रीको अवार्ड जितेको जोडीले आइफामा पनि सोही क्रम दोहोर्याएको हो । साहिदले फिल्म ‘हैदर’का लागि उत्कृष्ट अभिनेताको अवार्ड जिते भने कंगनाले फिल्म ‘क्विन’ लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।  कंगनाको फिल्म उत्कृष्ट फिल्ममा पनि दरियो ।


तर उत्कृष्ट निर्देशकको अवार्ड भने ‘पिके’का लागि राजकुमारी हिरानीले जिते । ‘हिरोपन्ति’बाट उदाएका टाइगर श्राफ र कृति सेननले नव अभिनेता र अभिनेत्रीमा अवार्ड थापे । ‘एक भिलेन’मा किलर बनेका रितेश देशमुखले सहायक अभिनेताको  अवार्ड जिते भने ‘मैं तेरा हिरो’बाट बरुण धवन कमेडियन घोषित भए । केके मेननले ‘हैदर’बाट भिलेनको अवार्ड जिते ।
दीपिका पादुकोणलाई ‘वुमन अफ दि इयर’बाट सम्मानित गरियो भने सुभाष घईलाई हिन्दी फिल्ममा गरेको योगदानका लागि सम्मान प्रदान गरियो ।

Most Visited News (monthly)