हलिउड स्टार ज्याकी चेन नेपाल आएका छन् । उनी आज मध्यान्नमा काठमाण्डौ विमानस्थलमा ओर्लिएका थिए । यसपछि उनी सोझै काठमाण्डौको सोल्टी होटलमा पुगेका थिए । सोल्टी होटलमा पुगेर केही समय आराम गरेका ज्याकीले भुकम्प पीडितलाई भेट्ने कार्यक्रम छ । यसका लागि उनी ललितपुर जानेछन् ।
उनलाई रेडक्रसले नेपाल ल्याएको हो । ज्याकी कती दिन नेपाल बस्छन् सार्वजनिक भएको छैन । ज्याकीले नेपालका भूकम्प पीडितका लागि करिब ७७ लाख सहयोग गरेका थिए । उनले सो रकम सिंगापुरमा नेपाल अर्थक्वेक रिलिफ फण्डका लागि प्रदान गरेका थिए र उति नै बेला नेपाल आउने सम्भावना व्यक्त गरेका थिए ।
हङकङबाट फिल्म यात्रा सुरु गरेका ज्याकी आजभोलि चीन र हलिउडमा पनि उत्तिकै लोकप्रिय छन् । उनका ‘पुलिस स्टोरी’, ‘कराटे किड’, ‘सांघाई नाइट्स’, ‘रस आवर’ जस्ता फिल्म अत्यधिक सफल फिल्ममा पर्छन् ।

