अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ । अभिनेता हमाल आजबाट ५१ बर्षमा प्रवेश गरेका छन् । फेसबुकमा पनि उनी ५१ बर्षमा लागेको देखिएको छ । अभिनेता हमालले आफ्नो जन्मदिनमा कुनै न कुनै सामाजिक कार्य गर्दै आएका छन् ।
हमालले आफ्नो जन्मदिन भव्यताका साथ मनाएका छैनन् । गतबर्ष उनको जन्मदिन अष्ट्रेयिलयामा नै मनाइएको थियो । तर, यो पटक भने नेपालमै रहेकाले हमालको जन्मदिन सामान्य हुनेछ । राजेशका सहयोगी रोशन हमालले आजको दिनमा विशेष केही नहुने बताएका छन् । उनले भुकम्पपछि समाजसेवा र पूननिर्माणको काममा नै हमाल लाग्ने बताए ।
हमालको हातमा केही बर्षयता खासै फिल्म छैनन् । जसका कारण पनि हमाल अहिले परिवारसँग र बिदेशमा बढी समय बिताइरहेका छन् । भुकम्पपछि भने उनी विभिन्न तबरले सक्रिय भैरहेका छन् ।

