Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चीनमा पनि ‘पिके’ले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2015/06/08

भारतीय अभिनेता आमिर खान अभिनित हिन्दी फिल्म ‘पिके’ले चीनमा पनि सय करोड कमाएको छ ।  राजकुमार हिरानी निर्देशित फिल्मले चीनका चार हजारभन्दा बढी हलमा रिलिज भएको १६ दिनमै सय करोड भारु बराबरको व्यापार गरेको हो ।


चीनमा यति धेरै व्यापार गर्ने ‘पिके’ पहिलो हिन्दी फिल्म बन्न पुगेको छ ।  फल्मले भारतमै पनि राम्रो व्यापार गरेको थियो । चीनको व्यापारबाट मख्ख परेका निर्देशक हिरानीले आइएएनएस समाचार संस्थासँग प्रतिक्रिया दिँदै भनेका छन्, ‘पिकेको सफलताले कन्टेन्ट नै सबैभन्दा ठूलो राजा भएको प्रमाणित ग¥यो ।’
हिरानीले आफूले ‘पिके’ले चीनमा यति माया पाउला भनेर कहिल्यै नसोचेको बताएका छन् । चीनमा फिल्मले १० मध्ये ८.८ रेटिङ पाएको छ । ‘पिके’ले विश्वभरमा १० करोड अमेरिकी डलर कमाइ गरेर अर्को कीर्तिमान पनि बनाएको छ ।


‘पिके’ले गएको वर्षमा संसारकै सबैभन्दा बढी कमाउने फिल्महरुको सूचीमा ७० औंमा नाम लेखाएको थियो । गएको वर्ष डिसेम्बर १९ मा भारतमा रिलिज भएको यस फिल्मले चीनभन्दा बाँकी देशबाट ६१५ करोड भारु कमाएको थियो । यसअघि आमिरकै ‘धुम ३’ले संसारभरबाट ५४० करोड कमाएको थियो ।

Most Visited News (monthly)